आजदेखि सञ्चालनमा आयो मनकामना केबलकार, यात्रुहरुले अपनाउन पर्ने छ यस्ता मापदण्ड — OSNepal

आजदेखि सञ्चालनमा आयो मनकामना केबलकार, यात्रुहरुले अपनाउन पर्ने छ यस्ता मापदण्ड

LC (KTM) September 08, 2021 0

कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ । मनकामना मन्दिर आजदेखि खुलेसँगै केबलकार पनि सञ्चालनमा आएको हो । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णपालना गर्ने गरी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो ।

आज बिहानबाट केबलकार सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । यात्रुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न पनि मनकामना दर्शन प्रालिले आग्रह गरेको छ ।

गोरखाको शहिदलखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जान सहजताका लागि सञ्चालनमा ल्याएको मनकामना केबलकारको प्रवेशद्वार ९बटम स्टेशन० चितवनको ईच्छाकामना– ४ चेरेसमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर