संसद् बैठकमा एमालेको नारावाजीमै दलसम्बन्धी अध्यादेश पेस ,अब अर्को बैठक भदौ २५ मा — OSNepal

संसद् बैठकमा एमालेको नारावाजीमै दलसम्बन्धी अध्यादेश पेस ,अब अर्को बैठक भदौ २५ मा

LC (KTM) September 08, 2021 0

काठमाडौं २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा अवरुद्ध गरेपछि आज बसेको संसद बैठक भदौ २५ गते बस्ने गरि स्थगित भएको छ ।

दुई पटक सम्म सभामुख अग्निप्रसाद सापकोटाले १५ – १५ मिनेट बैठक स्थगित गर्दा समेत एमालेले बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।

सभामुखको भुमिका प्रति प्रश्न गर्दै बेल घेराउ गरेका एमाले सांसदहरुले संसद बैठकमा सभामुख मुर्दावाद भन्दै नारावाजी लगाएका थिए ।

अवरोधका बावजुद पनि गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर