आज बस्ने संसद कसरी सहज रुपमा चलाउने भन्ने विषयमा सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा जारी — OSNepal

आज बस्ने संसद कसरी सहज रुपमा चलाउने भन्ने विषयमा सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा जारी

LC (KTM) September 08, 2021 0

काठमाडौँ २३ भदौ । आज बस्ने भनिएको संसद बैठक अगावै सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा संसद कसरी सहज रुपमा चलाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

साथै बैठकमा मन्त्रिपरिषद् विस्तार, अमेरिकी सहयोग परियोजना एमसीसी लगायतका विषयमा समेत छलफल हुने भएको छ ।

बैठकमा सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी भएका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव लगायत गठबन्धनका सबै नेताहरु सहभागी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर