गृहमन्त्री राजिनामा दे भन्दै एमसीसीविरुद्ध प्रदर्शनमा गर्ने पाँच जना पक्राउ — OSNepal

गृहमन्त्री राजिनामा दे भन्दै एमसीसीविरुद्ध प्रदर्शनमा गर्ने पाँच जना पक्राउ

LC (KTM) September 08, 2021 0

काठमाडौँ २३ भदौ । एमसीसीको विरोधमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बुधबार राष्ट्रिय अभियानले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीविरुद्ध बानेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रर्दशनमा प्रहरीले धरपकड गरी पाँच जनालाई पक्राउ गरेको हो । विरोध प्रर्दशनमा प्रदर्शनकारीले एमसिसी खारेज गर्नुपर्ने, दलाल गृहमन्त्री राजिनामा दे , अमेरिकी दलाल मुर्दावाद जस्ता नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर