इपिएलको खेल तालिका सार्वजनिक — OSNepal

इपिएलको खेल तालिका सार्वजनिक

Kesh Karki (USA) September 08, 2021 0

सर्वाधिक पुरस्कार राशि भएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिएको छ । आगामी असोज ९ गतेदेखि सुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौँ किङ्गस ११ बीच हुने आयोजक इपिएल प्रालिले जनाएको छ । विभिन्न सहरका छ फ्रेन्चाइज टोलीको सहभागितामा हुने उक्त प्रतियोगिताअन्तर्गत असोज १० गते हुने दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगरले प्रतिस्पर्धा गर्नेछन् ।

त्यही दिन अर्को खेल गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच हुनेछ ।असोज २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्राप्त गर्नेछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर