चितवन राष्ट्रिय निकुञ्जमा एक डम्मरु मृत अवस्थामा — OSNepal

चितवन राष्ट्रिय निकुञ्जमा एक डम्मरु मृत अवस्थामा

Kesh Karki (USA) September 08, 2021 0

चितवन राष्ट्रिय निकुञ्जमा एक डम्मरु मृत अवस्थामा भेटिएको छ । निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत ढुङगरे खोलामा तीन महिनाको पाटे बाघको बच्चा मृत अवस्थामा भेटिएको हो ।कार्यालयका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार डम्मरु माउसँग छुट्टिएर भोकै भएर मरेको प्रारम्भिक अनुमान गरिएको छ ।

मृत भेटिएको डम्मरुको पोष्टमार्टम गरी थप परीक्षणका लागि नमूना भेटेनरी शाखा पठाइएको छ ।आर्थिक वर्ष २०७८÷७९ मा मृत भेटिएको यो पहिलो बाघ हो । निकुञ्जमा सन् २०१८ को गणना अनुसार ९३ वयस्क बाघ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर