अल्पमतमा परेकी बागमती प्रदेशकी शाक्यको मन्त्रिपरिषद विस्तारको तयारी आज पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त हुँदै — OSNepal

अल्पमतमा परेकी बागमती प्रदेशकी शाक्यको मन्त्रिपरिषद विस्तारको तयारी आज पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त हुँदै

LC (KTM) September 08, 2021 0

हेटौंडा २३ भदौ । अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् ।

नौ जना मन्त्रीलाई आजै सपथ खुवाउने तयारी रहको जनाइएको छ । जसमा पाँचजना मन्त्री र चार जना राज्यमन्त्री नियुक्त हुने भएका हुन् ।

स्रोतका अनुसार मन्त्री बन्नेहरुमा विजय सुवेदी, प्रदीप कटुवाल, बद्री मैनाली, जीवन खड्का, जुनेली श्रेष्ठ, रचना खड्का, शान्तिप्रसाद पौडेल, अजयकान्ति शाक्य र सरस्वती रहेका छन् ।

माधव नेपाल नेतृत्वको दलमा १३ सांसदले प्रवेश गरेपछि अल्पमतमा परेकी शाक्यले आज नौ मन्त्री नियुक्त गरेसँगै बागमती प्रदेशको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित ११ सदस्यीय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर