आज देशका केही स्थानमा भारी वर्षाको सम्भाबना, बाढीको समेत आउन सक्ने भएकाले सर्तक रहन आग्रह — OSNepal

आज देशका केही स्थानमा भारी वर्षाको सम्भाबना, बाढीको समेत आउन सक्ने भएकाले सर्तक रहन आग्रह

LC (KTM) May 20, 2021 0

काठमाण्डौ – अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।भारतको गुजरातको आसपासमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ(ते’ को असरले आज पनि देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखााका अनुसार आज दिनभर नै झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा समेत ठूलो पानी पर्न सक्ने छ ।

महाशाखाले नदीहरुमा बाढीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना समेत रहेको छ ।पर्सि शनिवारसम्म नै मौसम बद्ली हुने मौसमविद्को भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर