चितवन राष्ट्रिय निकुञ्जमा बाघको बच्चा मृत फेला — OSNepal

चितवन राष्ट्रिय निकुञ्जमा बाघको बच्चा मृत फेला

LC (KTM) September 08, 2021 0

चितवन राष्ट्रिय निकुञ्जको पूर्वसेक्टरमा करिब तीन महिने पोथी डमरु ९बाघको बच्चा० मृत फेला परेको छ । निकुञ्जको पूर्वी सेक्टर सौराहा क्षेत्रको ढुङ्गरे खोला पारी निकुञ्जको कोर इलाकामा पोथी डमरु मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले प्रारम्भिक स्थलगत अध्ययनका आधारमा उक्त डमरु माउसँग छुटेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको बताउनुभयो । मृतावस्थामा भेटिएको डमरुको परीक्षणपछि थप परीक्षणका लागि नमूना सङ्कलन गरेर भेटेरिनरी शाखा पठाइएको अधिकारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०७८÷७९ मा मृत भेटिएको यो पहिलो बाघ हो । चितवन राष्ट्रिय निकुञ्जमा सन् २०१८ मा भएको गणनाअनुसार ९३ वटा वयस्क बाघ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर