पहिराले अवरुद्ध हेलम्बु राजमार्ग एकतर्फी सञ्चालन — OSNepal

पहिराले अवरुद्ध हेलम्बु राजमार्ग एकतर्फी सञ्चालन

LC (KTM) September 07, 2021 0

सिन्धुपाल्चोक, २२ भदौ – लगातरको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । सोमबार बिहानबाट अवरुद्ध सडक दिउँसोबाट पहिरो पन्छाएर एकतर्फी सुचारु गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए ।

हेबि ट्रक भने सञ्चालनमा समस्या हुन सक्ने राईले बताए । यसअघि मेलम्ची नगरपालिका–११, १२, १३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित विभिन्न ठाँउमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।

यता छाप, साँखु सडक भने अझै अवरुद्ध छ । यस्तै काउल, भोटेचौर सडक भने सञ्चालनमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर