प्रधानमन्त्री देउवाको निर्देशन : एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस्, नबुझेका सांसदहरु नबोल्नुस् — OSNepal

प्रधानमन्त्री देउवाको निर्देशन : एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस्, नबुझेका सांसदहरु नबोल्नुस्

LC (KTM) September 07, 2021 0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने बताएका छन् ।

देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयमा चौतर्फी विरोध भइरहेको अवस्थामा यस्तो प्रतिक्रिया दिएका छन् ।

आज मात्रै अध्यक्ष प्रचण्डले सीसीएसी पाँस नहुने बताएपछि प्रधानमन्त्री देउवाले एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् ।’ भन्दै एमसीसीबारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन् ।

प्रतिस्पर्धाबाट प्राप्त गरेको यो अनुदानसँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको समेत बताएका छन् । आज मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीको विषयमा प्रश्न उठाएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर