काठमाडौँ भित्रिन लागेको बसलाई नागढुङ्गामा चेकजाँदा गर्दा १९ वर्षका यि युवकको हर्कत देखेर छक्क पर्यो प्रहरी — OSNepal

काठमाडौँ भित्रिन लागेको बसलाई नागढुङ्गामा चेकजाँदा गर्दा १९ वर्षका यि युवकको हर्कत देखेर छक्क पर्यो प्रहरी

LC (KTM) September 07, 2021 0

नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित आज एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका–६ का १९ वर्षीय सुरेश खङ्ग रहेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ५३१५ नं को यात्रुबाहक बस चेकका क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले कालो रङ्गको झोलाभित्र लुकाएर ल्याएको नाइट्राभेट–१० लेखिएको ५८५ ट्याब्लेट लागुऔषसहित खङ्गलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पछिल्लो समय प्रहरीले सो नाकामा विशेष कडाइ गरेसँग लागुऔषध कारोबारकर्ता पक्राउ हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर