पाँचपोखरी थाङपाल गाउँपालिकामा असार १ गते आएको बाढी ग्रस्त क्षेत्रमा प्रभावित सगँ अन्र्तकृया तथा छलफल गरिएको छ । प्रभावितको समस्या गुनासाको विषयमा टोलटोलमा पुगी छलफल गरिएको वडा नं २ का अध्यक्ष पासाङ स्याङबाले जानकारी दिनुभयो ।
रिपार,सुनचौर,छुदुक्पा,माइखोर,याङग्री जलमाराङ क्षेत्रहरूमा राहत, बस्ती पुर्ननिर्माण तथा अन्य विकास सम्बन्धिको जन गुनासो,सुझाव सल्लाह सुन्नको लागि गाउँपालिका अध्यक्ष टासी लामा , प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार पोखरेल वडा अध्यक्ष सहित सबै शाखाको टोली बाढी प्रभावित क्षेत्र मा पुगेको थियो ।
शनिबार देखि सोमबार सम्म बाढी प्रभावित सगँ अन्र्तकृया गरिएको हो । उनिहरु सगँ पुनःनिमार्ण , पुनःस्थापना लाभग्राही कायम गर्ने र त्यसपछिका कार्य ,वस्ती स्थानान्तरण ,बाटो ,पुल ,स्वास्थ्य,शिक्षा,कृषि लगायतको बिषयमा छलफल गरिएको स्याङबाले जानकारी दिनुभयो ।