यसपाली पनि कालिका मिडियाले भर्चुअलबाट वार्षिकोत्सव मनाउँदै — OSNepal

यसपाली पनि कालिका मिडियाले भर्चुअलबाट वार्षिकोत्सव मनाउँदै

LC (KTM) September 06, 2021 0

चितवन, २० भदौ । मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमको १९औं तथा कालिका एचडीको सातौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम हुने भएको छ । कोरोनाका कारण सिर्जित परिस्थितीलाई मध्यनजर गर्दै एफएमले यसपाली पनि भर्चुअल माध्यमबाट बार्षिकोत्सवका अधिकांश कार्यक्रम संचालन गर्नेछ । गत बर्ष पनि महामारीकै कारण पृथक रुपमा भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको थियो । विगतका केही कार्यक्रम आगामी वार्षिकोत्सवदेखि निरन्तरता दिने गरी यो वर्ष केही पृथक कार्यक्रम समेत गरिने भएको हो ।

२०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको कालिका एफएम १९ वर्ष पुरा गरी २० औँ वर्षमा प्रवेश गर्दै छ । पूर्व मन्त्री एंव कालिका गु्रपका अध्यक्ष विक्रम पाण्डेले आज(आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षका वार्षिकोत्सवका कार्यक्रम सूचना प्रविधिको भरपुर उपयोग गर्दै अनलाइनका माध्यमबाट गर्न लागिएको जानकारी दिनुभयो । “विश्वमा फैलिदै गइरहेको कोभिड–१९ अर्थात कोरोना भाइरसको कहर सँगै सिंगौरी खेल्दै समयानुुकूल कार्यक्रमहरु आयोजना गर्न गइरहेको सहर्ष जानकारी गराउदछौ ।”– विज्ञप्तीमा भनिएको छ । स्थापनाकालदेखिनै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको छ ।

बार्षिकोत्सवका अवसरमा यसपाली विविध १२ वटा कार्यक्रम गरिदै छ । असोज १ गते देवघाटधाममा रहनुभएका वृद्ध–वृद्धाको सम्मानार्थ स्वस्थ्य सामाग्री प्रदान गर्दै मिष्ठान्न भोजन ग्रहण गराउने गरि बार्षिकोत्सवका कार्यक्रमको सुरुवात गरिने कालिका मिडियाका निर्देशक दिपक पौडेलले जानकारी दिनुभयोे । उहाँका अनुसार असोज ४ गते कृषकहरु प्रति लक्षित गर्दै कृृषिमा आधुुनिकिकरण तथा व्यवसायीकरणबारे सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम, ७ गते व्यवसायमा कोरोनाको प्रभाव न्युुनिकरण बिषयक सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यक्रम, ११ गते फस्टाउँदो सामाजिक संजाल र मुुलधार मिडियाको पत्रकारिता विषयक अन्तरक्रिया, १४ गते बस्ती भित्र लुुकेका हस्तीहरुका प्रतिभा प्रदर्शन गर्ने कार्यक्रम, १६ गते अन्तराष्ट्रिय साहित्य सम्मेलन, २० गते अन्तर कर्मचारी खेलकुुद प्रतियोगिता र २३ गते एकोस्टिक सिंगिङ्ग कम्पिटिसन हुनेछ । कालिका फेसबुुक क्वीज कार्यक्रम असोज १ गते देखि नै सुरु भएर २० गते सम्म संचालन हुनेछ । त्यस्तै कालिकाको चौतारी २ देखि २५ गते सम्म दिउँसो १ बजेबाट २ बजे सम्म संचालनमा आउने निर्देशक पौडेलले बताउनुभयो । असोज २६ गते पुरस्कार वितरणका साथै वार्षिकोत्सव समापन समारोह हुनेछ ।

निर्देशक पौडेलले कालिका मिडिया सदैव श्रोता, दर्शक निकट रहने बताउनुभयो । कालिका मिडिया अन्र्तगत कालिका एफएम २०५९ देखि, सांगितिक रेडियो कालिका ९१ २०६४ देखि र कालिका एचडी टेलिभिजन २०७१ सालदेखि, सुरुवातदेखि नै कालिका न्यूज डटकम सञ्चालनमा छन् । जनचासो, जनसरोकारका सवालमा कालिका मिडियाले सदैव प्रतिवद्ध रहदै कार्यक्रम प्रशारण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर