श्रीलङ्कामा १० हजार भन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु — OSNepal

श्रीलङ्कामा १० हजार भन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु

LC (KTM) September 06, 2021 0

श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमित १० हजार १४० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । कोभिड–१९महामारीको कारण सोमबार थप १८९ जनाको मृत्यु भएसँगै अहिलेसम्म कूल १० हजार १४० सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९का बिरामीको सङ्ख्या आइतबार ४६ हजार ७६७ रहेकोमा पछिल्लो तथ्याङ्कले यो सङ्ख्या बढेर ६८ हजार पुगेको देखाएको छ ।

श्रीलङ्काले कोभिड–१९ सङ्क्रमणमा तीव्र वृद्धिको सामना गरिरहेको छ र स्वास्थ्यकर्मीहरूले हालैका हप्ताहरूमा बिरामीहरूको वृद्धिको कारण डेल्टा विविधता भएको र सबैभन्दा बढी सङ्क्रमित राजधानी कोलम्बोमा रहेको बताएका छन् ।

सङ्क्रमण दर उच्च भएपछि मृतक सङ्ख्यामा आएको वृद्धिसँगै सहरी क्षेत्रका दाहसंस्कारस्थलमा पनि चौबीसै घण्टा भीड देखिन थालेको छ ।

कोभिड–१९ को सङ्क्रमण उच्च बनेपछि अस्पतालहरूमा विरामी भर्ना गर्न शैया अभाब हुन थालेको बताइएको छ । स्वास्थ्यकर्मीहरूले आगामी हप्ताहरूमा स्थिति चरम अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् र मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेका छन् ।

सङ्क्रमण फैलिन नदिन सरकारले देशभरी निषेधाज्ञा ९कफ्र्यू ० आदेश जारी गरेको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर