नेपाल दुई वर्षमा विश्व कप गर्ने फिफाको पक्षमा — OSNepal

नेपाल दुई वर्षमा विश्व कप गर्ने फिफाको पक्षमा

LC (KTM) September 06, 2021 0

काठमाडौं, २१ भदौ-नेपालसहित दक्षिण एसियाका चारवटा देश विश्व फुटबलको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले हरेक दुई वर्षमा विश्व कप आयोजना गर्ने प्रस्तावको पक्षमा उभिएका छन् ।

गत मेमा भएको फिफाको कंग्रेसले हरेक दुई वर्षमा विश्व कप आयोजना गर्ने प्रस्ताव गरेको थियो । तर, युरोपका विकसित केही देशले भने यो प्रस्ताव अस्वीकार गरेका थिए ।

तर, दक्षिण एसियाका नेपालसहित बंगलादेश, माल्दिभ्स र श्रीलंका सो प्रस्तावको पक्षमा रहेको रोयटर्सले बताएको छ ।यी चार देशसहित १६६ वटा राष्ट्र फिफाको सो प्रस्तावको पक्षमा उभिएका छन् ।‘चार वर्षको यो अन्तर धेरै ठूलो छ । दुई वर्षे विन्डो धरै राम्रो छ । यसले ठूलो पुस्ताले पाउने अवसर भने निकै कम हुन्छ’, चार देशको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

हाल हरेक चार वर्षमा हुने फिफा विश्व कपमा चारवटा देशले एसियाबाट सहभागिता पाउनेछन् ।आगामी संस्करणको विश्व कप कतारमा आयोजना हुँदै छ, जहाँ ३२ राष्ट्रको सहभागिता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर