सरकारप्रति ओलीको टिप्पणी : अबको १५ महिनापछि यो सरकारलाई कसैले खोजेर पनि भेट्दैन — OSNepal

सरकारप्रति ओलीको टिप्पणी : अबको १५ महिनापछि यो सरकारलाई कसैले खोजेर पनि भेट्दैन

LC (KTM) September 06, 2021 0

काठमाडौं २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केहि दिनको पाहुना मात्र भएको बताएका छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले अबको १५ महिनापछि यो सरकारलाई कसैले खोजेर पनि नभेट्ने भन्दै टिप्पणी गरेका छन् ।

‘यो सरकार अलिक दिनको पाुहना हो । यसलाई नेपाली जनताले सकेसम्म छिटो विदा गर्नुपर्छ । तर, छिटो विदा गर्न सकिएन भने पनि हतारिनुपर्दैन् । अर्को मंसिरसम्ममा चुनाव गर्नैपर्छ ‘ ओलीले भने ।

एमाले देशभक्त सरकार भएको भनी दावी गरेका उनले पार्टी प्रवेश गर्नेहरुलाई ठूलो टोपी सिलाउ भन्दै ओईलाईजाने टोपी होईन, नओईल्याउने टोपी बनाउनुहोस भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर