पाँच महिनापछि असोज १ गतेबाट काठमाडौं उपत्यकामा विद्यालय खुल्ने — OSNepal

पाँच महिनापछि असोज १ गतेबाट काठमाडौं उपत्यकामा विद्यालय खुल्ने

LC (KTM) September 06, 2021 0

काठमाडौं २१ भदौ । पाँच महिना पछि असोज १ देखि काठमाडौं उपत्यकामा विद्यालय खुल्ने भएका छन् ।

आज सोमबार बसेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँगको छलफल पछि यस्तो निणर्य गरिएको बताएका छन् ।

पराजुलीले दिएको जानकारी अनुसार विद्यालयल खुलाउने कि नखुलाउने भन्ने विषयमा आज बोलाइएको बैठकमा कोरोनाको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने निणर्य भएको हो ।

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको नियम पालना गर्नुपर्ने समेत बैठकमा छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर