कोरोना अपडेट : १,८९७ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ७४३ जना निको — OSNepal

कोरोना अपडेट : १,८९७ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ७४३ जना निको

LC (KTM) September 06, 2021 0

काठमाडौं । नेपालमा आज थप १,८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७४३ जना निको भएका छन् ।

आज ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज कोरोनाबाट २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेका छन् ।

कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने १० हजार ८५८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म आईसीयूमा ५१२ जना, भेन्टिलेटरमा १६३ जना, होम आइसोलेशनमा २८,९११ जना, संस्थागत आइसोलेशनमा २०६२ र क्वारेन्टाइनमा २६० जना रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर