काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै एक समुहबाट उपकुलपतिको कार्यकक्षमा तोडफोड — OSNepal

काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै एक समुहबाट उपकुलपतिको कार्यकक्षमा तोडफोड

LC (KTM) September 06, 2021 0

विराटनगर २१ भदौ । चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै एक समुहले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तोडफोड गरेको छ ।

हिजो आइतबार देखि काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरुले बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आकस्मिक बाहेकका सबै सेवा बन्द गरी आन्दोलनमा उत्रिएका सथए । सरकारले आफुले गरेकोे सहमतिको समेत पालना नगरेको चिकित्सकको गुनासो रहेको छ ।

आन्दोलनरत चिकित्सकहरुले लगाएको ताला फोड्दै काम छाडेको विरोधमा लिम्बुवान, एमाले र राप्रपा सम्बद्ध युवाहरुले प्रदर्शन गर्दै उपकुलपति कार्यालयमा तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले बताए अनुसार अहिले अवस्था भने सामान्य रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर