सुदूरपश्चिम प्रदेशमा नेपालले दिएर ओलीलाई झड्का नेपाल पहिलो स्थानमा पुगेसँगै ओली पुगे चौथो स्थानमा — OSNepal

सुदूरपश्चिम प्रदेशमा नेपालले दिएर ओलीलाई झड्का नेपाल पहिलो स्थानमा पुगेसँगै ओली पुगे चौथो स्थानमा

LC (KTM) September 06, 2021 0

धनगढी २१ भदौ । केपी ओली नेतृत्वको नेकपा एमालेकी सुदूरपश्चिम प्रदेशकी प्रदेशसभा सदस्य माया तामाङ बोहरा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् ।

आज सोमबार बोहराले धनगढीस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर नेकपा एसमा सनाखत गरेकी छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा नेकपा एसमा सनाखत गर्ने प्रदेशसभा सदस्यमा १४ जना पुगेका छन् ।

२५ जना रहेको प्रदेशमा सभामा अब एमाले मात्र सभामुखसहित ११ जना रहेका छन् । योसँगै अब सुदूरपश्चिम प्रदेश एकीकृत समाजवादी पार्टी १४ सांसदसहित पहिलो स्थानमा रहेको छ ।

नेकपा माओवादी केन्द्र १३ सांसदसहित दोस्रो, नेपाली काँग्रेस १२ सांसदसहित तेस्रो, नेकपा एमाले ११ सांसदसहित चौथो र जनता समाजवादी पार्टी दुई सांसदसहित पाँचौं स्थानमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर