ललिता जग्गा प्रकरणमा तानिएका पुर्व प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध परेको रिटको सुनुवाई हुँदै — OSNepal

ललिता जग्गा प्रकरणमा तानिएका पुर्व प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध परेको रिटको सुनुवाई हुँदै

LC (KTM) September 06, 2021 0

काठमाडौँ २१ भदौ । ललिता जग्गा प्रकरणमा तानिएका पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा आज पुन पेशीमा चढेको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने तत्कालीन मन्त्रीहरुलाई मात्र मुद्दा चलाएको थियो ।

तथापी, आयोगको यो निणर्य विरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले विं.सं. ०७६ माघ २८ गते पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्व रिट दायर गरेका थिए ।

नेपाल र भट्टराईविरुद्व यो मुद्धा न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको सुनुवाई हुने भएको हो ।

नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री हुँदा ललिता निवास जग्गा व्यक्तिको नाम लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर