अविरल वर्षाका कारण काठमाडौंको शान्तिनगर, कुलेश्वर, कालिमाटी लगायत क्षेत्र डुबानमा — OSNepal

अविरल वर्षाका कारण काठमाडौंको शान्तिनगर, कुलेश्वर, कालिमाटी लगायत क्षेत्र डुबानमा

LC (KTM) September 06, 2021 0

काठमाडौं भदौ २१ । गएरातिबाट आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा ३८२ घर डुबानमा परेको छ । उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो छ घण्टादेखि परेको वर्षाका कारण काठमाडौंका घरहरु डुबानमा परेका हुन् ।

बाढी पुर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहान १०५ मिलिमिटर पानी परेको बताएको छ । अझै उपत्यकामा बहने साना नदीहरुमा जलसतह बढ्ने भएकाले सतर्क रहन पनि महाशाखाले जनाएको छ ।

अविरल वर्षाका कारण काठमाडौंका शान्तिनगर, कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुल, मैतीदेवि, सिहंदरबार पूर्वीगेट, पुतलिसडकलगायत क्षेत्र डुबानमा परेको छ ।

त्यस्तै, धोबीखोलामा आएको बाढीले चाबहिलस्थित तरकारी बजार डुबानमा परेको छ । साथै बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेकोले ती क्षेत्रका मानिसहरुको उद्धार गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर