कहिले घट्छ नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ? — OSNepal

कहिले घट्छ नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ?

LC (KTM) May 19, 2021 0

काठमाडौं । एकै दिन पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै एकै दिन २४६ जनाको मृ त्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा आरटीपीसीआर परीक्षणमा आठ हजार ६४ जना सङ्क्रमित थपिएको जानकारी दिए ।

उनले एन्टीजेन परीक्षणमा पछिल्लो चौबीस घण्टामा १०९ मा रिपोर्ट पोजेटिभ आएको बताए । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ९८९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर