यस्तो अवस्थामा लुकाई राखेको लोड भएको अटोमेटिक पेस्तोलसहित २५ वर्षीय ईन्द्र कमल पक्राउ — OSNepal

यस्तो अवस्थामा लुकाई राखेको लोड भएको अटोमेटिक पेस्तोलसहित २५ वर्षीय ईन्द्र कमल पक्राउ

LC (KTM) September 05, 2021 0

दाङ २० भदौ । म्याग्जिन लोड भएको अटोमेटिक पेस्तोल १ थान र १ राउण्ड गोली सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ वडरा बस्ने २५ वर्षीय ईन्द्र कमल वुढामगर रहेका छन् ।

निजको घरमा हातहतियार लुकाई राखेको विशेष सुचनाकोे आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घरमा पार्किङ गरी राखेको रा.५ प ८७६२ नम्बरको स्कुटर मुनि प्लाष्टिकमा लुकाई राखेको उक्त हतियार शुक्रबार राति पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर