आज कोरोना संक्रमणबाट २० जनाले गुमाए ज्यान — OSNepal

आज कोरोना संक्रमणबाट २० जनाले गुमाए ज्यान

LC (KTM) September 05, 2021 0

कोरोना भाइरसको सङ्क्रमण एक हजार ८९ जना व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा सात हजार ९७१ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३१ हजार २४८ रहेका छन् ।

एक हजार ५३४ जनासङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म सात लाख २७ हजार १८५ व्यक्ति सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । निको हुने दर ९४।५ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २० जनाको सङ्क्रमणबाट निधन भएको छ । अहिलेसम्म १० हजार ८३८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । त्यस्तै ५२३ जना सघन उपचार कक्षमा, १६२ भेन्टिलेटर, २९ हजार ८१ होमआइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २६६ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर