आज थप १ हजार ५३४ जना संक्रमणमुक्त हुँदा १ हजार ८९ जनामा संक्रमण — OSNepal

आज थप १ हजार ५३४ जना संक्रमणमुक्त हुँदा १ हजार ८९ जनामा संक्रमण

LC (KTM) September 05, 2021 0

काठमाडौँ २० भदौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै, गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ५३४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर