सुनसरी २० भदौ । १० वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दुहबी नगरपालिका-४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनी रहेका छन् ।
निजले गत भदौ १५ गते ती बालिकालाई जबरजस्ती करणी गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले हिजो शनिबार पक्राउ गरेको हो ।
यस विषयमा थप अनुशनधान भइरहेको प्रहरीले जनाएको छ ।