दार्चुलाको घटनालाई लिएर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको विषयलाई गृह मन्त्रालय जनायो आपत्ती निकाल्यो यस्तो विज्ञप्ती — OSNepal

दार्चुलाको घटनालाई लिएर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको विषयलाई गृह मन्त्रालय जनायो आपत्ती निकाल्यो यस्तो विज्ञप्ती

LC (KTM) September 05, 2021 0

काठमाडौँ २० भदौ । माधव नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार दार्चुलाको घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको विषय प्रति गृहमन्त्रालयले गम्भीर आपत्ती जनाएको छ ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल आज आइतबार एक विज्ञप्ती सार्वजजिक गरी यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालयले गम्भीर आपत्ति जनाएको बताएका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ , ‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ । मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ’ ।

दाचुर्लाको जयसिंह धामीको विषयलाई लिएर गरिएको पुत्ला दहन प्रति मन्त्रालयले जनाएको छ । मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधि नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने समेत जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा यस्तो छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर