एमसीसी की उपाध्यक्ष नेपाल भ्रमणमा आउने बेला पारेर संसद्को अधिवेशन बोलाउनुले एमसीसी पारित गर्ने षड्यन्त्रको गन्ध आइरहेको छ — OSNepal

एमसीसी की उपाध्यक्ष नेपाल भ्रमणमा आउने बेला पारेर संसद्को अधिवेशन बोलाउनुले एमसीसी पारित गर्ने षड्यन्त्रको गन्ध आइरहेको छ

LC (KTM) September 05, 2021 0

काठमाडौं भदौ २० । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष नेपाल भ्रमणमा आउने बेला पारेर भदौ २३ गते संसद्को अधिवेशन बोलाउनुले एमसीसी पारित गर्ने षड्यन्त्रको गन्ध आइरहेको बताएका छन् । ।

आज बिहान एक कार्यक्रममा सहभागी भएका उनले (एमसीसी) पारित गरी नेपाललाई उपनिवेश घोषित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका हुन् । ‘नेपाली मन र नेपालीपन भएका हरेकले सोच्नुपर्ने कुरा हो भने आज भारत–चीन, चीन–अमेरिकाजस्ता ठूला शक्तिराष्ट्रबीच स्वार्थको द्वन्द्व छ । त्यसको भुमरीमा परेर नेपाललाई अफगानिस्तान किन बनाउने रु यसबारेमा माधव नेपाल, प्रचण्ड, देउवाहरु किन बोलिरहेका छैनन् ?’ कार्यक्रममा रावलले भने ।

एमसीसीलाई सरकारले सोधेका ११ प्रश्न नक्कली भएको बताएका उनले नेपालले अमेरिकाको आजको कानुन पनि मान्नुपर्ने, भोलि बन्ने कानुन पनि मान्नुपर्ने किन ? भन्दै प्रश्न समेत गरेका छन् ।

यदि आफ्नो पार्टी एमलेले यस विषयमा सकारात्मक भएपनि आफु भने यस सम्झौता मान्न तयार नभएको बताएका उनले एमसीसीलाई आँखा चिम्लेर पारित गर्न खोज्नु जस्तो घिनलाग्दो र लज्जास्पद कार्य अरु नहुने बताएका छन् ।

/पार्टीको निर्णय म जान्दिनँ । एमसीसीका सन्दर्भमा कुनै अनुशासन पनि मान्दिनँ । म राष्ट्रविरुद्धको अपराधको साक्षी बन्दिनँ ।’ कार्यक्रममा रावलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर