वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ बुङ्मतीमा — OSNepal

वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ बुङ्मतीमा

LC (KTM) May 19, 2021 0

ललितपुर, ५ जेठ – वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मती पु¥याइएको छ । करुणामयलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणालय लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलन भए पनि मुलुकमा दिनानुदिन बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टलाई ध्यानमा राखी छिट्टै बुङ्मती लागिएको हो । अपराह्न ३ बजे खटमा हालेर ५ बजे बुङ्मती पु¥याइएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ मच्छिन्द्रनाथ मन्दिर निर्माणाधीन अवस्थामा रहँदा अस्थायी मन्दिरमा ल्याएर राखेका छाँै ।” खोकना दोबाटोबाट सो मन्दिरसम्म लगभग साढे दुई किलोमिटर दूरीको यात्रामा खोकनाका साथै बुङ्मतीवासीले सङ्क्रमणको ख्याल नगरी छ्वाली बालेर बाटो देखाउँदै स्वागत गरेको शाक्यले जानकारी गराउनुभयो ।

सङ्घका पुजारीले अब दुईदुई हप्ताका पालोमा आजदेखि लोकेश्वरको दैनिक पूजा आदि कर्म गर्ने उहाँको भनाइ थियो । हालको कोरोना कहरबीच पनि संस्कार र संस्कृति मास्नुहुन्न भन्ने सोचअनुरुप केही विधि पु¥याएर मच्छिन्द्रनाथलाई बुङ्मती पठाउन सफल भएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले खुशी व्यक्त गर्नुभयो ।

बिहान ६ बजेर ५० मिनेटदेखि ७ बजेर ४ मिनेट जाँदासम्म भगवान् झिक्ने उत्तम साइत रहँदा सो समयमा साङ्केतिक रुपमा हल्लाउने काम गरिएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर