उच्च मनोवलका साथ जनतालाई केन्द्रमा राखेर काम गर्न नेकपा एमालेका नेता तथा कार्यकर्तालाई पूर्वमुख्यमन्त्री पौडेलको आग्रह — OSNepal

उच्च मनोवलका साथ जनतालाई केन्द्रमा राखेर काम गर्न नेकपा एमालेका नेता तथा कार्यकर्तालाई पूर्वमुख्यमन्त्री पौडेलको आग्रह

LC (KTM) September 04, 2021 0

वाग्मती १९ भदौ । नेकपा एमालेका नेता एवम् वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले उच्च मनोवलका साथ जनतालाई केन्द्रमा राखेर काम गर्न नेकपा एमालेका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

हेटौँडाको पशुपतिनगरमा युवा सङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले विकास निर्माणको लहरबाट आत्तिएकाहरुले पार्टीमाथि प्रहार गरेको बताए । उनले भने, “एमाले जुझारु र इमान्दार कार्यकर्ताले बनेको पार्टी हो, एक दुईजना चोटिएर गएपनि पार्टीलाई केही असर पर्दैन । ”

नेता पौडेलले एमाले छोड्नेहरुले समाजमा भ्रम छर्न सक्ने भन्दै त्यस्ता भ्रम चिर्न एमालेका नेता तथा कार्यकर्ता अत्यन्त जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर