नेपाललाई लक्षित गर्दै ओलीले भने - देशको विकासको अभियान चलाइरहेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने — OSNepal

नेपाललाई लक्षित गर्दै ओलीले भने – देशको विकासको अभियान चलाइरहेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने

LC (KTM) September 04, 2021 0

काठमाडौँ १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लाज शरम पचेको मान्छे भएको बताएका छन् ।

आज शनिबार पार्टीको काठमाडौं महानगरपालिका स्तरीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशको विकासको अभियान चलाइरहेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने भन्दै आफ्नो जीवनकालमा नेपाल जस्तो लाज शरम पचेको मान्छे कहि नदेखेको बताएका छन् ।

आफैले पुजा गरेको मन्दिरलाई थुकेको बताएका ओलीले नेपाललाई लक्षित गर्दै भने, ‘अस्तिसम्म जुन खाटमा बसिराखेका थिए, त्यही खाटमा वञ्चरोले हान्या हान्यैं छन् । अस्तिसम्म जुन पिर्का बसेका थिए, त्यही पिर्का भाँचेको भाच्यै छन् । अस्तिसम्म जुन मन्दिरमा पूजा गरेका थिए, त्यो मन्दिरमा थुक्या थुक्यै छन्’ ।

उनले नेपालले खोलेको पार्टीमा अन्तिम नेपाल मात्र हुने समेत दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर