गठवन्धन सरकारले मेलम्ची ल्याउन सक्दैन त्यसैले चुनावपछि एमाले जितेर आउँछ र मेलम्ची ल्याउँछ — OSNepal

गठवन्धन सरकारले मेलम्ची ल्याउन सक्दैन त्यसैले चुनावपछि एमाले जितेर आउँछ र मेलम्ची ल्याउँछ

LC (KTM) September 04, 2021 0

काठमाडौँ १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब फेरि मेलम्चीको पानी ल्याउन एमाले सरकार नै चाहिने दावी गरेका छन् ।

आज शनिबार पार्टीको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यो गठवन्धन सरकारले मेलम्चीको पानी ल्याउन नसक्ने दावी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

चुनावपछि एमाले जितेर आउँछ र मेलम्ची ल्याउँछ भन्दै ओलीले एमालेबाहेक अरुले मेलम्ची ल्याउन नसक्ने पनि दावी गरेका छन् ।

बाढीबाट क्षति ग्रसत मेलम्चीलाई फेरि आउँदो बैशाख सम्म आफु नेतृत्वको सरकारले ल्याउने तयारी रहेको बताएका उनले यो सरकारले भने ल्याउन नसक्कने जिकिर गरेका छन् ।

गठवन्धन सरकारको आलोचना गर्दै उनले यो सरकारले आफुले ल्याएको मेलम्ची जाने सडक मर्मतमा बजेट विनियोजन काटेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर