२१ औं शताब्दीको जनवादमा उल्लेख जनताद्वारा नियन्त्रित पार्टी र सत्ता हुनुपर्ने विषयलाई अब पार्टीले स्विकार गर्नुपर्छ : शर्मा — OSNepal

२१ औं शताब्दीको जनवादमा उल्लेख जनताद्वारा नियन्त्रित पार्टी र सत्ता हुनुपर्ने विषयलाई अब पार्टीले स्विकार गर्नुपर्छ : शर्मा

LC (KTM) September 04, 2021 0

काठमाडौँ १९ भदौ । अर्थमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का संगठन विभाग प्रमुख जनार्दन शर्माले जनयुद्धले स्थापित गरेको २१ औं शताब्दीको जनवादलाई लागू गर्न नसक्दा पार्टी कमजोर भएको बताएका छन् ।

२१ औं शताब्दीको जनवादमा उल्लेख जनताद्वारा नियन्त्रित पार्टी र सत्ता हुनुपर्ने विषयलाई अब पार्टीले स्विकार गर्नुपर्ने बताएका उनले आज

आज शनिबार काठमाडौंमा माओवादी दोरम्बा शैलुङ–काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

पार्टीलाई केन्द्रमुखी नभइ जनतामुखी बनाउदै अब मुलुकको हरेक तहमा सशक्त र बलियो बनाउनुपर्ने उनले कार्यक्रममा बताए ।

अब मुलुकमा बजेट घाटा कम गर्ने, उत्पादनमूखी र निर्यातमुखी काम गर्नुपर्ने तथा बेरोजगारीको अन्त्य गर्नुपर्ने कार्यभार रहेको अर्थमन्त्री समेत रहेका शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर