ओली नेतृत्वको सरकार जनताप्रति उत्तरदायी थियो : टोपबहादुर रायमाझी — OSNepal

ओली नेतृत्वको सरकार जनताप्रति उत्तरदायी थियो : टोपबहादुर रायमाझी

LC (KTM) September 04, 2021 0

काभ्रे १९ भदौ । नेकपा (एमाले) को स्थायी कमिटी सदस्य बनेका पुर्व माओवादीका नेता टोपबहादुर रायमाझीले तत्कालिन प्रधानमन्त्री केपी अ‍ोलीले संसद विघटन गरेर नयाँ जनादेशमा जान खोज्नु लोकतान्त्रिक कदम भएको बताएका छन् ।

आज शनिबार बनेपामा आयोजित कार्यकर्ता भेलामा सहभागी उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘केपी ओली नेतृत्वको सरकार जनताप्रति उत्तरदायी थियो। नयाँ जनादेशमा जानु लोकतन्त्र हो। तर, त्यसलाई साथीहरुले प्रतिगमन भने’, कार्यक्रममा उनले अघि भने, ‘नयाँ चुनावमा जानु लोकतन्त्र र संविधानको रक्षा गर्नु हो।’

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई विपक्षी दलको पुच्छर समात्ने नेता भनेर आरोप लगाउँदै अध्यक्ष प्रचण्ड पनि आलोचना गरे अब यो मुलुकमा मात्र एमाले कांग्रेस गरी दुई पार्टी रहने उनले खुलासा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर