आज मात्रै काठमाडौंँमा एक हजार ९८८ जनामा कोरोना संक्रमणको पुष्टि — OSNepal

आज मात्रै काठमाडौंँमा एक हजार ९८८ जनामा कोरोना संक्रमणको पुष्टि

LC (KTM) May 19, 2021 0

काठमाडौ । पछिल्लो २४ घण्टामा सात हजार ९८९ जना कोरोनाबाट निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ८५६ जना क्वारेन्टिनमा छन् ।

गत २४ घण्टामा थप आठ हजार १७३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पिसीआर विधिबाट आठ हजार ६४ र एण्टिजेन विधिबाट परीक्षण गर्दा १०९ जनामा पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंँ उपत्यकामा मात्र दुई हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंँमा एक हजार ९८८ जना, भक्तपुरमा २२८ जना र ललितपुरमा २७० जना गरी दुई हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस अवधिमा २४६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । हालसम्म कोरोनाका कारण पाँच हजार ६५७ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार ७१३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर