गौतमले पार्टी छाड्दैमा कुनै घाटा नभएको बताएका भट्टराईको खुलासा : भोलीका दिनमा नेपालको लागि गौतम टाउको दुखाईको कारण — OSNepal

गौतमले पार्टी छाड्दैमा कुनै घाटा नभएको बताएका भट्टराईको खुलासा : भोलीका दिनमा नेपालको लागि गौतम टाउको दुखाईको कारण

LC (KTM) September 04, 2021 0

काठमाडौं भदौ १९ । नेकपा एमालेका नेता विशाल भट्टराईले माधव नेपालको लागि बामदेम गौतम टाउको दुखाईको कारण हुने ठोकुवा गरेका छन् ।

आज बिहान एक कार्यक्रममा सहभागी भएका नेता भट्टराईले अस्थिरतामा रमाउने गौतमले पार्टी छाड्दैमा कुनै घाटा नहुने भन्दै यस्तो ठोकुवा गरेका हुन् ।

नेपाललाई भोलीका दिनमा गौतमले दुख दिने बताएका उनले गौतमको साथमा कोहि नभएको पनि खुलासा गरेका छन् ।

‘२०५४ सालमा एमाले पार्टी विभाजन गराउनुभयो, पछि एमालेमै फर्कनुभयो । उहाँले केपी ओलीसँग भयंकर ठूलो जिम्मेवारी माग्नुभएको थियो । ओलीले मान्नुभएन । भोलि माधव नेपाललाई दुःख दिने उहाँ नै हुनुहुनेछ । उताको पार्टी ध्वस्त गर्न उहाँ सहयोगी नै हुनुहुनेछ ‘ उनले भने ।

‘उहाँले पार्टी छाड्दैमा हामीलाई केही पनि घाटा हुँदैन । अर्को पार्टीमा सनाखत नगरेकाले उहाँकी श्रीमती तुलसा गौतम दिदी पनि एमालेमै सांसद हुनुहुन्छ । उहाँसँग कोही पनि छैन’
उनले अघि भने ।

साथै कार्यक्रममा उनले अब सभामुख अग्नि सापकोटाको नेतृत्वमा संसद् चल्न नदिने पनि जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर