काठमाडौं १९ भदौ । विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीमा आएकालाई नेकपा माओवादी केन्द्रले उचित जिम्मेवारी दिने भएको छ ।
पार्टी एकिकरणमा आएका तर पछिल्लो पटक पार्टीमा भएको कार्यविभाजनका क्रममा जो कोही जिम्मेवारी विहिन भएका छन् तीनीहरुको विवरण पाँच दिन भित्र उपलब्ध गराउन माओवादीले केन्द्रले निर्देशन दिएको छ ।
पार्टी समितिमा आबद्ध गर्न र जिम्मेवारी दिने कामलाई पूर्णता प्रदान गर्नका माओवादी केन्द्रले यस अघि नै नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन र श्रीराम ढकाल रहेको कार्यदल गठन गरेको छ ।
पार्टी केन्द्रले इन्चार्ज अध्यक्ष तथा मातहतका समितिका पदाधिकारीलाई परिपत्र गरेर जिम्मेवारी प्राप्त नपाएका कोही भए विवरण उपलब्ध गराउन निर्देशन पनि गरेको जनाइएको छ ।