एमाले अध्यक्ष ओलीको स्वास्थ अबस्था बिग्रियो, भेटघाटमा लगाइयो रोक — OSNepal

एमाले अध्यक्ष ओलीको स्वास्थ अबस्था बिग्रियो, भेटघाटमा लगाइयो रोक

LC (KTM) September 04, 2021 0

काठमाडौं, १९ भदौ -प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उनका प्रेस सहहयोगी रामशरण बजगाईंले जानकारी दिए ।

ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए ।
नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर