काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको हाइस दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते — OSNepal

काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको हाइस दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

LC (KTM) September 04, 2021 0

अर्घाखाँची, १९ भदाै – अर्घाखाँचीको शितगंगा नगरपालिका–३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट अर्घाखाँची आउँदै गरेको बा३ख८६३९ नम्बरको हाइस शितगंगा-३ स्थित सैनिक नजिकै शनिबार बिहान दुर्घटनामा परेको हो ।

हाइसमा १० जना सवार थिए । तीमध्ये पाँच जना घाइते छन् । जसमा दुई जना गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ठाँडाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर