पाँच सय ३३ विद्यार्थीलाई स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण — OSNepal

पाँच सय ३३ विद्यार्थीलाई स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण

LC (KTM) September 03, 2021 0

सिन्धुपाल्चोक,१८भदौ -मेलम्ची नगरपालिका –६ तालामाराङ स्थित श्री तेर्से माध्यमिक विद्यालयका सम्पुर्ण विद्यार्थीलाई हेल्प नेपालले स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

हेलम्बु एजुकेशन लाइभलि हुड पार्टनरसिप नेपाल (हेल्प)को सहयोगमा बाढी बाट प्रभावित तेर्से माध्यमिक विद्यालयका ५ सय ३३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमको बीच विद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य सामग्री सहित झोला वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले भूकम्पले थलापारेको मेलम्चीलाई फेरीपनि बाढीले थलापारेको भन्दै प्राकृतिक प्रकोपको सामना गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । बाढीले विद्यालयमा क्षति पुगेको उल्लेख गर्दै प्रमुख अर्यालले विद्यालय जोगाउनका लागि भएका कामको प्रशंसा गर्नुभयो ।

शैक्षिक सामग्री वितरण गर्दै हेल्पका अध्यक्ष जिमि लामाले शैक्षिक क्षेत्रमा तेर्से माविले पहिल्यै देखि रचनात्मक र सिर्जनात्मक काम गर्दै आएको बताउनुभयो । साथी शिक्षक कार्यक्रम देखि विद्यार्थीहरुको शैक्षिक तथा अन्य विषयमा सहयोग गर्दै आएको हेल्प नेपालले आगामि दिनमा पनि सहयोगलाई निरन्तरता दिने अध्यक्ष लामाले बताउनुभयो । गत असार १ गतेको बाढीपछि विद्यालय संरक्षणका लागि थालिएको अभियानमा पनि हेल्पले सहयोग गरेको भन्दै अहिले गरेको शैक्षिक सामग्रिले विद्यार्थीहरुलाई शैक्षिक उन्नयनका लागि थप टेवा पुग्ने अपेक्षा गर्नुभयो । हेल्प नेपालले अहिलेसम्म १२ वटा जिल्लाका १८ हजार भन्दा बढी विद्यार्थीको लागि शैक्षिक तथा स्वास्थ्य सामग्रि वितरण गरेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा ग।िरएको कामलाई निरन्तरता दिने हेल्पले जनाएको छ ।

सोहि कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निल बहादुर शाहिले सहयोगि संस्थालाई धन्यवाद दिदै आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो । उहाँले यस क्षेत्रमा सबैभन्दा धरै बाढीले तेर्से माविलाई क्षति गरेको उल्लेख गर्दै बाँकि रहेको विद्यालयको भवन जोगाउन गरिएको अहिले सम्मको प्रयास राम्रो रहेको स्मरण गनुृभभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण ढुंगानाले कोरोना र बाढी बाट त्रसित बालबालिकाहरुलाई विद्यालय नियमित गर्न अझै केहिकेहि समस्या रहेको सुनाउनुभयो । उहाँले यस्ताखाले कार्यक्रमले विद्यार्थीको त्रास मेटाउन केहि राहत मिल्ने विस्वास ब्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर