साठी लाख जरिवना ठहर भएपछि फरार भएका ४३ वर्षीय टङ्कनाथ झापाबाट समातिए — OSNepal

साठी लाख जरिवना ठहर भएपछि फरार भएका ४३ वर्षीय टङ्कनाथ झापाबाट समातिए

LC (KTM) September 03, 2021 0

नेपाल प्रहरीले रु ६० लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले बैङ्किङ कसूर मुद्दामा उच्च अदालत पाटनले रु ६० लाख जरिवना गरेपछि फरार रहेका इलाम विर्तामोडका ४३ वर्षीय टङ्कनाथ कट्टेललाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ ४ गतेको फैसलापछि सात दिन कैद र बिगो बमोजिम रु ६० लाख जरिवनापछि फरार रहेका कट्टेललाई बिहिबार झापाको विर्तामोडबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका उनले आफ्नो सिभिल बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

उच्च अदालतले उनलाई बैंकिङ कसूर तथा सजाया ऐन २०६४ को दफा ३ ९ग० बमोजिमको कसूरमा दफा १५ ९१० बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर