ग्यास सिलिन्डरलाई पिँधबाट प्वाल पारी त्यसभित्र लुकाइछिपाई लागूऔषध बोकेर नेपाल आउँदै गर्दा यी दुई भारतीय नागरिक पक्राउ — OSNepal

ग्यास सिलिन्डरलाई पिँधबाट प्वाल पारी त्यसभित्र लुकाइछिपाई लागूऔषध बोकेर नेपाल आउँदै गर्दा यी दुई भारतीय नागरिक पक्राउ

LC (KTM) September 03, 2021 0

सर्लाही १८ भदौ । नेपाल–भारत सीमानाकाबाट अवैध लागूऔषधसहित प्रहरीले दुई भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सीतामणी जिल्ला थानारुनी सहिदपुर ग्रामचौक–२, बस्ने ३२ वर्षीय नेता शर्मा र सोही स्थानका ६३ वर्षीय सुरेन्द्र शर्मा रहेका छन् ।सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले आज दिउँसो शुक्रबार ग्यास सिलिन्डरमा प्वाल पारेर त्यसभित्र लुकाइछिपाई लागूऔषध बोकेर नेपाल आउँदै गर्दा निजहरुलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका प्रमुख एसपी गंगाराम श्रेष्ठले दिएको जानकारी अनुसार शंका लागि चेक जाँच गर्ने क्रममा उनीहरुले टाउकोमा बोकेर ल्याएको ५ ५ लिटरको ग्यास सिलिण्डरको पिँधमा प्वाल पारि अवैध लागूऔषध वीनरिक्सस ओसार पसार गर्ने गरेको आशंका गरिएको छ ।

निजहरुमा थि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर