मनकामना केवलकार आइतबारबाट पुनः सञ्चालनमा आउने — OSNepal

मनकामना केवलकार आइतबारबाट पुनः सञ्चालनमा आउने

LC (KTM) September 03, 2021 0

काठमाडौं, १८ भदौ- मनकामना केवलकार सेवा आउँदो आइतबार (२० भदौ) बाट पुनः सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रा.लि.का अनुसार स्वास्थ्य सुरक्षा मापदण्डका साथ सेवा सञ्चालन हुन लागेको हो ।

‘कोभिड-१९ को कारणले बन्द भएको केवलकार तथा रेष्टुरेन्टलगायतका सेवा आउँदो आइतबारबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुने जानकारी गराउँदछौँ,’ मनकामना दर्शन प्रालिले भनेको छ .

कोरोना संक्रमणले गर्दा बन्द भएको सेवा पुनः सञ्चालन गर्न लागिएको हो । चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म सञ्चालन हुँदै आएको यो सेवा लिन दैनिक हजाराै‌को भिड लाग्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर