काठमाडौं उपत्यकामा घटे संक्रमित — OSNepal

काठमाडौं उपत्यकामा घटे संक्रमित

LC (KTM) September 03, 2021 0

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आज ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्य काठमाडौं उपत्यकामा ६६७ जनालाई संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ जना संक्रमित थपिएका हुन्। त्यस्तै सोही अबधीमा २ हजार २७४ जनाले कोरोना जितेका छन् । अहिले सम्म ७ लाख २३ हजार ४५६ जना निको भएका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना कारण १० हजार ८०९ जनाले ज्यान गुमाएका छन् ।नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । गत २४ घण्टामा थपिएका संक्रमितमध्ये ६६७ जना काठमाडौं उपत्यकाका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर