फ्लाई दुबाईको विमानबाट काठमाडौं आएका शाही लगेजभित्र ईमरजेन्सी लाईटमा लुकाई ल्याएको ७ सय ७० ग्राम सुन जस्तो धातुसहित पक्राउ — OSNepal

फ्लाई दुबाईको विमानबाट काठमाडौं आएका शाही लगेजभित्र ईमरजेन्सी लाईटमा लुकाई ल्याएको ७ सय ७० ग्राम सुन जस्तो धातुसहित पक्राउ

LC (KTM) September 03, 2021 0

काठमाडौं १८ भदौ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट ७ सय ७० ग्राम सुन जस्तो धातु सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोल्पा ठुलो भेरी नगरपालिका ७ घर भएका ३३ वर्षीय बिष्णु बहादुर शाही रहेका छन् ।

फ्लाई दुबाईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र ईमरजेन्सी लाईटमा लुकाई ल्याएको उक्त धातु सहित हिजो बिहिबार पक्राउ गरेको हो ।

साथै विमान स्थलमा उक्त सामान लिन आएका स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेललाई समेत प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर