बन्द रहेको पशुपतिनाथ मन्दिर तीजमा खुलाइने — OSNepal

बन्द रहेको पशुपतिनाथ मन्दिर तीजमा खुलाइने

LC (KTM) September 03, 2021 0

काठमाडौं, १८ भदौ-तीजमा पशुपतिनाथको दर्शन गर्न पाइने भएको छ ।कोरोना भाइरस महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा नियमित दर्शन एवं पूजा खुला गर्ने तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिरमा पूजा खुला गर्न सकिने जनाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरी स्वास्थ्य मापदण्ड अपनाएर मन्दिरमा पूजाआजा गर्न सकिने जनाएको हो ।कोषले पशुपतिमा नियमित पूजा सञ्चालन गर्नेबारे तयारी थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर