आज थप २ हजार २७४ जना संक्रमणमुक्त हुँदा १५६ संक्रमतिको भने भेन्टिलेटरमा उपचार हुँदै — OSNepal

आज थप २ हजार २७४ जना संक्रमणमुक्त हुँदा १५६ संक्रमतिको भने भेन्टिलेटरमा उपचार हुँदै

LC (KTM) September 03, 2021 0

काठमाडौँ १८ भदौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालका हालसम्म कोरोना संक्रमितको सख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जना गरी १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै , पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । आज थप २ हजार २७४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये ६६७ जना काठमाडौं उपत्यकाका रहेका छन् । अझै १५६ संक्रमति भने भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर