बलान नदीले स्थानीयवासी चिन्तित — OSNepal

बलान नदीले स्थानीयवासी चिन्तित

Kesh Karki (USA) September 03, 2021 0

बलान नदीले सिरहातर्फ बहाव परिवर्तन गरी जग्गा कटान गर्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ ।वर्षासँगै आएको बाढीले पानीको बहाव परिवर्तन गरी लहान नगरपालिकाको विभिन्न स्थान र सखुवानन्कारकट्टी गाउँपालिका–४ सिमरहातर्फ कटान गर्न थालेपछि स्थानीयवासीमा त्रास बढेको हो । बलान नदीको बहाव परिवर्तन गरी पश्चिमबाट बग्ने खतरा बढेपछि पश्चिमतर्फका दर्जनौँ गाउँ डुबानमा पर्ने भन्दै स्थानीयवासी त्रसित बनेका हुन् । अविरल वर्षाले बलान नदीमा बाढीको चाप बढेर पानीको बहाव बढेकाले खतराको सम्भावना बढ्दै गएको सखुवानन्कारकट्टी गाउँपालिका–४ सिमरहाका सुरेश यादवले बताउनुभयो ।

बाढीको चाप यस्तै रहयो भने पश्चिमतर्फबाट बग्न धेरै समय नलाग्ने र नदीको मुखैमा रहेको सिमराहा, सखुवा, पोर्ताहा, परिहारपुर तिलेबोनालगायत गाउँ डुबानमा पर्ने जोखिमका कारण रातिमा जग्राम बस्नुपरेको स्थानीयवासीको भनाइ छ । तत्काल नदीको बहाव दक्षिणतर्फ गर्ने गरी वैकल्पिक व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

बलान नदीले कटान गर्ने समस्या विगत लामो समयदेखि रहे पनि सङ्घीय र प्रदेश सरकारबाट समाधानको लागि कुनै पहल नहुँदा यस्तो अवस्था आएको सखुवानन्कारकट्टी गाँउपालिकाका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो । यसको दीर्घकालीन समाधानको लागि प्रदेश र सङ्घीय सरकारलाई पटक पटक पत्राचार गरे पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको उहाँको गुनासो छ ।

बलान नदीले लहान नगरपालिकाको–३, १७, १९ र २३ नं मा कटान गरिरहेको छ भने सखुवानन्कारकटी र भगवानपुर गाउँपालिकाका वडामासमेत तीव्र कटान गरिरहेकाले तत्काल रोकथामको व्यवस्था मिलाउनुपर्ने स्थानीयवासीले बताएका छन् । बलान नदीको बाढीले बर्सेनि लहान नगरपालिकाको २३, सखुवानन्कारकट्टी गाउँपालिकाको ४ र ५ तथा भगवानपुर गाउँपालिकाको २, ३, र ४ नं वडामा सयौँ बिघा जमीन कटान गरी किसानलाई सुकुम्वासी बनाउँदै आएका छन् ।

सेवाग्राहीको भीड बढेपछि आलोपालो सेवाजिल्ला प्रशासन कार्यालय सिरहाले सेवाग्राहीको भीड बढ्न थालेको भन्दै यही भदौ २० गतेदेखि पालिका अनुसार आलोपालो सेवा दिने निर्णय गरेको छ ।कोभिड–१९ को जोखिम कायम रहेको र कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी नभएको अवस्थामा सेवाग्राहीको भीड बढ्दै गएकाले आलोपाले सेवा दिने निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जानकारी दिनुभयो । नयाँ नागरिकता र राहदानी बनाउन आउने सेवाग्राहीलाई पालिकाअनुसार आलोपालो सेवा उपलब्ध गराइने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर